लकडाउनमा शुभारम्भ युवा क्लबको उदाहरणीय काम

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएर लाखौं व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) ले नेपालमा पनि ४८७ जनामा संक्रमण देखिएको छ । ३ जनाको ज्यान समेत लिइसकेको छ ।

लकडाउनको शुरुवाती दिनदेखि नै विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रम, खुल्ला छोडिएका पशुपंक्षीहरुलाई खाना खुवाउने, काठमाडौंको विभिन्न स्थानमा किट्नासक औषधी छर्कने काम गरिरहेका थिए शुभारम्भ युवा क्लबका सदस्यहरु । लकडाउनको छैठौं दिनदेखि दैनिक ३५० देखि ४६० जना सम्मलाई खाना खुवाउने काम पनि उनीहरुले सुरु गरेका थिए ।

उनीहरूलाई यो कार्यमा संयोजन गरेका छन्, क्लबका अध्यक्ष तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले । विश्वका भारत बङगादेश, फिलिपिन्स, श्रीलंका, अमेरिका र नेपालको विभिन्न प्राकृतिक प्रकोपमा उद्धार तथा राहत वितरणको अनुभव लिईसकेका प्याकुरेलले ५१ औं दिनसम्म कोभिड १९ कारण जारी लकडाउनमा दैनिक गुजारा चलाउन गाह्रो भएका व्यक्तिहरुलाई सहयोग गरे ।

उनीहरुका लागि काठमाडौंको सिनामंगलस्थित अमर आदर्श स्कुलको प्राङ्गणमा दैनिक रुपमा खाना वितरणको व्यवस्था मिलाएका थिए । काठमाडौं माहानगरपालिका वडा नम्बर ९ को समन्वयमा शुभारम्भ युथ क्लब, आव्हान युवा संजाल, बिजयचोक युवा क्लबका सदस्य मिलि ५१ औं दिन सम्म करिब १८ हजार जनालाई खाना खुवाएका थिए ।

त्यति मात्र नभई शुभारम्भ युवा क्लबका सदस्यहरूले कोभिड १९ बाट ज्यान गुमाएकि महिलाको मृत शव दाह संस्कार पूर्व र दाह संस्कारपछि पशुपति नाथको ईलेक्ट्रिक शव दाहगृहमा किटानसक औषधी छर्किएका थिए । सो कामको संयोजन पनि स्काउट तथा क्लबका अध्यक्ष गुण राज प्याकुरेलले गरेका थिए ।

खाना वितरण कार्यमा चाईल्ड एजुकेशन नेपाल युके (CEN UK ), श्री सदानन्द प्रणामी म्यारेटेवल टष्ट काठमाडौं, नेपाली जनसम्पर्क समिति जर्मन, कृति फाउण्डेशन, नेपाल जर्मन चेम्बर अफ कमर्श तथा विभिन्न व्यक्ति, समुहले सहयोग गरेका थिए ।

५१ औं दिन सम्म चल्दै आएको खाना वितरण कार्यक्रम काठमाडौं महानगरपालिका र स्थानिय सरकार र प्रशासनको आग्रहमा केहि समयको लागी रोकिएको क्लबका सल्लाहकार शिव मग्रातीले जानकारी दिए ।

विश्वभरी भएका प्राकृतिक प्रकोपमा आफ्नो ज्यान बाजी राखि खटिने प्याकुरेल खाना वितरण कार्यक्रम केहि दिनमा सुचारू हुनेमा विस्वस्त छन् । दुई वर्षअघि उनको कार्यक्रो प्रसंशा गर्दै युनिभर्सल तामिल युनिभर्सिटिले प्याकुरेललाई विद्यावारिधि प्रदान गरेको थियो । साथै युथ फर ह्युम्यान राईटस् ईन्टरनेशनलले प्याकुरेललाई संयुक्त राष्ट्र संघको मुख्यालयमा Human  right hero  Award समेत प्रदान गरेकाे थियो ।

नेपाली संस्थाले काेभिड १९ काे महामारीकाे समयमा काम गरे वापत CORONA HERO AWARD पनि गत हप्ता प्रदान गरेकाे घोषणा गरिसकेकाे छ । नेपाल स्काउट बाट पनि उनले बिपद् उद्धार पदक प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *