कपिलवस्तुमा थपिएका ९ संक्रमितमध्ये २ जना पत्रकार !

काठमाडौं । कपिलवस्तुमा आज थपिएका ९ जना संक्रमितमध्ये २ जना पत्रकार भएको खुलेको छ । कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षीय र वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ । आज ९ जना थपिएसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

देशभर संक्रमित हुनेको संख्या ४८७ पुगेको छ भने ३ जना संक्रमितको मृत्यु भएको छ । ४९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको उपचार जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *