संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय

२०७७ जेठ ९ गते

फाइल तस्बिर : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । सरकारले हालसालै लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सार्वजनिक गरेको थियो । सो नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय भएको हो ।
सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक पनि भइसकेको छ । जसमा भारतले कब्जा गरी आफ्नो नक्सामा समेटेकाे नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।

२०७७ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित