हामी नेपाली बदलामा हाेइन, बलिदानमा विश्वास राख्छाैँ- केकी अधिकारी

काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि नेपाल–भारत सिमा विवाद चर्किरहेका बेला नेपाली अभिनेत्री तथा मोडेल केकी अधिकारीले सिमाका विषयमा सबै नेपाली एक रहेको बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भूपरिवेष्ठित राष्ट्र भएका कारण भारतसँग निर्भरता रहेपनि अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा रहेको बताइन् । जब प्रश्न राष्ट्रिय स्वाधीनता र सार्वभौसत्तामाथि उठ्छ, नेपालीको स्वाभिमान संसारकै अग्लो सगरमाथा जति नै उच्च भएको धारणा उनले सार्वजनिक गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘सिमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौँ । हामीसँग स्पष्ट प्रमाणहरु प्रशस्त छन् । हामीले आफ्नै भूमीको विषयमा कसैसँग बहस गर्न आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाण सहित बार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ ।’

भू-भागले सानाे भएपनि नेपालीकाे मन ठुलाे भएकाे उनी बताउँछिन् । नेपालीले कसैकाे जमिनमा आँखा नगाड्ने र छिमेकीकाे सम्मान गर्ने उनकाे भनाइ छ ।

‘हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहँदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ । कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौँ,’ उनले लेखेकी छिन्, ‘हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं । हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौँ । हामी छिमेकीको जमीन हडप्नमा हैन, छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा ससम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा बिश्वास राख्छौं । भूगोलले सानो भएपनी नेपालीको मन ठुला ठूला देश भन्दा पनि बिशाल छ। नेपाली हो नि !!’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *