आगोले पोलेर गम्भिर ५ वर्षिय बालिकाको उपचारमा सहयोगको आग्रह

धरान । आगोले पोलेर गम्भिर भएकी एक ५ बार्षिया बालिकालाई स्वास्थ्य उपचारमा समस्या भएको छ । सुनसरीको बराह नगरपालिका वडा नम्बर ५ सिमरबन चौकका उमेश विक र लक्ष्मी विकका ५ वर्षकी छोरी देबि विकको गत माघ २२ गते आगोले पोलेर गम्भिर घाइते भएकी थिइन् ।

सोही आगोले पोलेको घाउको उपचारका लागी उनलाई आर्थिक रुपमा खाँचो भएपछि उनका आमा–बुवा उमेश र लक्ष्मीले आफ्नी छोरीको उपचारमा सहयोगको याचना गरीरहेका छन् ।

उनकी छोरीको उपचारका लागी डाक्टरले छाला टाल्नुपर्ने र त्यसका लागी ठुलै रकम लाग्ने भनेपछि विक परीवारलाई आर्थिक संकट परेको छ । ती परीवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ ।

५ बर्षिया ति बालिकाको शरीरको अगाडि छाती र पेटको पुरै भाग आगोले पोलेपछी बिराटनगर स्थित म्याक्स अस्पतालमा उपचारका लागी एक महिना अगाडी लगिएको थियो ।

छोरीको उपचारमा अहिलेसम्म १ लाख २५ हजार रुपैया खर्च भईसकेको र अझै लाखौं लाग्ने बाबु उमेश विकले बताए ।
बालिकालाई पूर्ण रुपमा निको बनाउन उनको जलेको भागमा छाला टाल्नुपर्ने डाक्टरहरुले बताएको बालिकाकी आमा लक्ष्मी विकले बताइन् । ‘डाक्टरहरुले छाला टाल्नुपर्ने भनेका छन्, हामीसँग उसलाई उपचार गर्ने सुको पैसा भएन ।’ विच्छिप्त हुँदै आमा लक्ष्मीले बताइन् ।

छाला टाल्न मात्र ५० हजार लाग्ने र लाखौं मुल्य बराबरको औषधी समेत लाग्ने बताइएको छ । हाल विक दम्पती आफ्नै जेठाजुको घरमा बस्दै आएको छ । यस अघि भाडामा बस्दै आएको माटोको घरको भुईमा बस्दा घाउमा थप समस्या भएपछि उनीहरु जेठाजुको अर्धपक्की घरमा बसेका छन् । बालिकाका बाबु सामान्य लेबर काम गर्ने गर्दछन् ।

आर्थिक अवस्था कमजोर भएकोले छरछिमेक इष्टमित्रको सर सहयोगबाट हाल सम्म उपचार गरिएको छ । बराहक्षेत्र नगरपालिकाको दलित बिकास समितिमा सहयोगको लागि अनुरोध गर्दा समितिले बल्लबल्ल २ हजार रुपैंया मात्र दिएको छ । ‘खै हामीहरुकै लागि काम गर्ने भन्थे, मलाई यस्तो आपत पर्दा २ हजार दिएर टारे ।’ उनले भने ।

बालिकाको घाउ ड्रेसिङ गर्न मात्रै हरेक पटक ५ सय १५ रुपैयाँ लाग्दछ ।

विक परीवारकी ५ वर्षिया बालिकाको उपचारको लागि आर्थिक सहयोग गर्न चाहने इच्छुक संघसंस्था वा ब्यक्तिले घाईते बालिकाको बुबा उमेश विकको मोबाइल ९८१९००६२३५ मा सम्पर्क गरेर आर्थिक तथा अन्य कुनै सहयोग गर्न पनि सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *