एकैदिन बाँकेका २१ जना काेराेना संक्रमित डिस्चार्ज 

काठमाडौं । बाँकेका २१ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित आज (शुक्रबार) डिस्चार्ज भएका छन् । उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

त्यहाँको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा उपचाररत २१ जना निको भएर घर फर्किएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् । हाल उक्त अस्पतालको आइसोलेसनमा ६ जना उपचाररत छन् ।

योसँगै उपचारपछि कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७० पुगेको छ । देशभर ४८७ कोरोना संक्रमित भएका छन् जसमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *