३ सय कैदीबन्दी क्षमताको कारागारमा १५ सय बढी कैदीबन्दीः कोरोना सङ्क्रमणको भय 

बाँके । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ ।

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चुनौती बढेको हो ।

मानवबस्तीको मध्यभागमा रहेका कारागारका कारण बस्ती क्षेत्रका नागरिकमा पनि कोरोनो सङ्क्रमणको जोखिम बढेको जेलर देवेन्द्र श्रेष्ठले बताछन्। उनले तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५०, पुरुष ७४८ र दुई आश्रित बालकसहित ८०० कैदीबन्दी राखिएको जानकारी दिए ।  चारैतिर बलिया पर्खाल नरहेका, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौतीसमेत थपिएको उनको भनाइ छ ।

उनि भन्छन, कारागारका कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगाउन विशेष प्रबन्ध अहिलेसम्म नभएका कारण जोखिमको सम्भावना बढेको छ । कैदीबन्दी बिरामी परेमा स्यानिटाइज गरेर स्थानीय भेरी अस्पताल लैजाने गरिएको छ । अस्पताल लैजाँदा सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा जिल्लाका सरोकारवाला निकाय पनि यस विषयमा अहिलेसम्म मौन देखिएका छन् ।

नेपालगञ्ज–१० स्थित सो कारागारको भौतिक अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीबन्दीको सङ्ख्या बढदै गएको, वरपर अत्यन्तै फोहर र ढल निकासको पर्याप्त व्यवस्था नरहेको बताइएको छ । फोहरकै कारण सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ । यी सबै समस्याबीच अहिले कारागार प्रशासनलाई कोभिड–१९ सङ्क्रमणको त्राससमेत बढेको छ ।

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ ।

कारागारमा कैदीलाई भेट्नका लागि १०ः०० देखि ४ः०० बजेसम्म कारागार खुल्ला रहन्छ । त्यो समयमा कैदीलाई तिनका परिवार र आफन्तले भेट्न सक्छन् । कैदीबन्दीलाई भेट्न आउनेलाई सेनिटाइज गरेरमात्र भेट्न दिने गरिएको जेलर श्रेष्ठको भनाइ छ । उनि भन्छन, “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुको कारण महामारी रोकथामको चुनौती बढेको हो ।” रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *