संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता, नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन हुँदै

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम उक्त प्रस्ताव संसदमा आजै दर्ता गरिएको हो ।

सरकारले हालसालै लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सार्वजनिक गरेको थियो । सो नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन प्रस्ताव संसदमा लगिएको हो ।

सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक पनि भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *