थप २० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ५०७ पुग्याेः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, २३ र २६ वर्षीय ३ जना पुरुषमा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यस्तै डँडेलधुराका एक २८ वर्षीय पुरूष, वैतडीका २२ वर्षीय पुरूषमा पनि काेराेना पुष्टि भएकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यसैगरी बाँकेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । संक्रमितहरू १८ देखि ६१ वर्षका पुरूषहरू छन् । राप्ति साेनारीका एक जना र नरैनापुरका १३ जनामा काेराेना पुष्टि भएकाे प्रवक्ता देवकाेटाले बताए ।

प्रवक्ता देवकाेटाका अनुसार रतुवामाई २ का मोरङका ४१ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएपश्चात संक्रमितको संख्या ५०७ पुगेको छ । संक्रमितमध्ये पुरूषहरू ४३३ र महिलाहरू ७४ जना छन् ।

आजै बाँकेका २१ जना डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *