बाँकेमा २१ जना डिस्चार्ज भएकै दिन थप १४ जना संक्रमित थपिए !

काठमाडौं । बाँकेमा २१ जना कोरोना संक्रमित निको हुँदा १४ जना संक्रमित फेरि थपिएका छन् ।

आज त्यहाँको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा उपचाररत २१ जना निको भएर घर फर्किएका हुन् । उनीहरु निको भएको खबर बाहिरीएको केही घण्टामै बाँकेमा थप १४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये १४ जना बाँकेका छन् । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू १८ देखि ६१ वर्षका पुरूषहरू छन् । राप्ति सोनारीका एक जना र नरैनापुरका १३ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले बताए ।

त्यस्तै आज डिस्चार्ज हुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् । हाल उक्त अस्पतालको आइसोलेसनमा ६ जना उपचाररत छन् ।

योसँगै उपचारपछि कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७० पुगेको छ भने संक्रमितको संख्या ५०७ पुगेको छ । ३ जना संक्रमितको मृत्यु भइसकेको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *