नेपालमा कोरोनाः ५०७ जना संक्रमित हुँदा ७० जना डिस्चार्ज

काठमाडौं । हालसम्म ५०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि हुँदा ७० जना निको भएर घर फर्किएका छन् ।

आज बाँकेका २१ जना संक्रमित उपचारपछि निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ र आरडिटी विधिबाट ८२ हजार ११६ वटा थ्रोट स्वाब नमुना परीक्षण भएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । उनका अनुसार गएको २४ घण्टामा मात्रै थप ३ हजार ८१९ र आरडिटी विधिबाट ३ हजार ४२१ वटा स्वाब नमुना परीक्षण भएको छ ।

क्वारेन्टाइनमा २७ हजार ८२९ जना रहेका छन् भने ४३३ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *