मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

थुनुवा युवकमा कोरोना संक्रमण पुष्टि, बैतडीको प्रहरी कार्यालय सिल

कैलाली । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि बैतडी प्रहरी कार्यालय सिल गरिएको जानकारी दिइएको छ ।

वैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका संक्रमित युवक चैत ६ गते भारतबाट आएका थिए । अहिले अस्पताल लैजाने तयारी गरिएकाे छ । उनकाे अवस्था सामान्य छ ।

प्रतिकृयाहरु
Loading...