भक्तपुरमा थप नयाँ संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौं । थप ९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । मकवानपुरमा १, भक्तपुरमा १, सप्तरीमा एक र बारामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकूमा गरीएकाे स्वाब परीक्षणमा मकवानपुर र भक्तपुरका दुइ  महिलामा काेराेना पाेजेटिभ देखिएकाे हाे । उनीहरूकाे उमेर ५४ र ४२ वर्ष रहेकाे छ । यता वीपी प्रतिष्ठानकाे प्रयाेगशालामा गरीएकाे परीक्षणमा सप्तरीका ३५ वर्षिय पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे छ ।

किट जन्य राेग अनुसन्धान तथा तालिम केन्द्र हेटाैडामा गरीएकाे ६ जना पुरूषमा पनि काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनीहरू २२, २७, ३०, ३४, ३८, ४५ वर्षका रहेका छन् ।

याे सँगै नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ५१६ पुगेकाे छ ।

No photo description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *