नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गाेली चल्दा दर्जनौँ घाइते

सिरहा । सिरहामा राहतको विषयमा झडप हुँदा दर्जन बढी घाइते भएका छन् । नरहा गाउँपालिका–१ देविपुरमा राहतको विषयमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दर्जनौँ घाइते भएका हुन् ।

वडा कार्यालयले ७०० जनालाई राहत वितरण गर्ने भनेर फारम भरे पनि ५१७ जनालाई मात्र राहत दिएको भन्दै झडप भएकाे हाे । झडपका क्रममा गोली चलेको थियो । गोली लागेर नरहा गाउँपालिकाका ५५ वर्षीय अख्तर मण्डल गम्भीर घाइते भएको सिरहा प्रहरीले जनाएको छ। उनीसँगै झडपमा डेढ दर्जन बढी घाइते भएको र गम्भीर घाइते तीन जनालाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

आफ्ना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै कांग्रेस र समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । कुटाकुटमा गोली चलेको दुवै पक्षले एकअर्कालाई आरोप लगाउँदै छन् । उनीहरुमाथि नेकपाका वडाध्यक्ष पक्षले गोली चलाएको स्थानीयको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *