कमजोर बन्यो ‘अंपुन’ चक्रवात, यस्तो रहनेछ तीन दिनको मौसम

काठमाडौं । आज देशको पूर्वी भूभागको मौसममा सामान्य बदली रही तथा मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेशको आसपासमा अवस्थित चक्रवात ‘अंपुन’ कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको छ तर, नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव छ ।

पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ १० गते (शनिबार)
दिउँसोः देशको पश्चिमी पहाडी भू-भाग लगाएत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ ११ गते (आईतबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ। रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १२ गते (सोमबार)
दिउँसोः देशको पश्चिमी पहाडी भू-भाग लगाएत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी पहाडी भू-भाग लगाएत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *