केएमसीको आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु भएको छ । विहिबार राती उपचारमा लागि ल्याइएको वृद्धको गएराती मृत्यु भएको अस्पतालका निर्देशक मुकुन्द्रराज जोशीले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार अस्पतालमा निर्माण गरिएको कोभिड उपचार कक्षमा भर्ना गरिएको बिमारीको अवस्था नाजुक थियो । ‘अवस्था गम्भीर भएकाले सिधैं आइसोलेसनमा भर्ना गरिएको हो,’ निर्देशक जोशीले भने, ‘बिरामीमा कोरोनासँग मिल्दाुजल्दो लक्षण देखिएको थिएन, चिकित्सकको निगरानीमा रहेका उनको गएराती मृत्यु भएको छ ।’

अस्पतालका प्रशासनका दीपक बस्नेतले स्वास्प्रस्वासको समस्याबाट ल्याइएको बिरामीको नेचुरल मृत्यु भएको बताए । शवलाई अहिले सुरक्षित तवरले मर्चरीमा राखिएको छ । ती वुद्धको अस्पताल भर्ना हुनुअघि आरडीटी परीक्षण गरिएको थिएन । अस्पताल भर्नापछि पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ । रिपोर्ट आउन भने बाकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *