सिटिजन्स बैंकका सम्पूर्ण कर्मचारीको कोभिड —१९ बीमा

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गराएको छ । विश्व कोरोना भाइरसको महामारीसँग लडिरेहेको संकटपूर्ण घडीमा सिटिजन्स बैंकले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड १९ बीमा गराएको छ ।

बैंकले नेपाल इन्स्योरेन्स सँगको सहकार्यमा बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका कर्मचारी गरी करिव १५ सय जनाको कोभिड —१९ बीमा गरिएकोे जनाएको छ । बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउने कुरा बीमा लेखमा उल्लेख छ ।

सामाजिक दुरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको यस बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाईजर तथा पन्जा लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवाहरु सावधानी पूर्वक प्रदान गरिरहेको छ । विभिन्न सावधानीका विधिहरु अवलम्बन गर्दै गर्दा पनि कुनै भवीतव्य भई आएको खण्डलाई मनन गर्दै बीमा गरिएको कुरा बैंकले जनाएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख गरि हालसम्म कुल ५५ लाखको सहयोग गरेको बैंकका प्रवक्ता उमंग शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *