आज जेठ ११ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ ११, २०७७ । ई.सं. 24 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । आइतवार ज्येष्ठ शुक्लपक्ष । तिथि द्वितीया, २४:१९ बजे उप्रान्त तृतीया । नक्षत्र मृगशिरा, २९:४९ बजे उप्रान्त आर्द्रा । योग सुकर्मा, ०६:४३ बजे उप्रान्त धृति । करण वालव १२:११ बजेदेखि कौलव, २४:१९ बजे उप्रान्त वणिज । चन्द्रराशि वृष । आनन्दादि योग सौम्य । दिनमान ३४।०३ । सूर्योदय ०५:१३ । सूर्यास्त १८:५० । चन्द्रोदय । द्विपुष्कर योग २४:१९ बजेसम्म ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहार्मिक र सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोधपनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाईएला । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । आफ्नो भूमिबाट लाभ रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा सामान्य धनलाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *