पत्रकारले सिमा झगडा बढाएको भन्दै नायिका वर्षा राउतको आपत्तिजनक अभिब्यक्ति (भिडियोसहित)

काठमाडौं । नायिका वर्षा राउत विवादमा तानिएकी छिन् । भारतले नेपाली भूमी अतिक्रमण गरेको विषयमा वर्षाले नेपाली मिडिया र भारतीय मिडिया मिलेर प्रोपोगाण्डा मच्चाएको आरोप लगाएकी छिन् ।

२९ सेकेण्डको भिडियोमा लिपुलेक कालापानी लिम्पियाधुराको विषयमा बोल्दै नायिका वर्षाले पत्रकारहरुले नै दुवैतिर झगडा निम्त्याइरहेको बताएकी छिन् ।

‘यहाँ त दुईटै जर्नालिष्ट मिलेर झगडा बनाइरहेको छ ।’ उनले भिडियोमा भनेकी छिन्- ‘देशको माया लाग्छ भन्दैमा ए यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन त यो टेवुलटक गरेर यताको गर्भमेन्ट र उताको गभर्मेन्ट मिलेर गर्ने कुरा हो ।’ वर्षाले बोलेकी छिन् । 

उनले नेपाल र भारतको सिमाविवादले आफुले इण्डियन फ्रेण्डहरुसँग कुरा समेत गर्न नसकेको बताएकी छिन् । ‘मेरो इण्डियन्स फ्रेण्ड्सहरुले मसँग कसरी फेस गर्ने र मैले मेरो इण्डियन फ्रेण्ड्सहरुसँग कसरी कुरा गर्ने ? भइरहेको छ अहिलेको सिच्युएशन चैं’ उनले कुन विषयमा कसरी यो कुरा गरिन् नखुलेपनि प्रष्ट रुपमा उनले नेपाल भारतविचको सिमा विवाद पत्रकारहरुले गर्दा चर्किएको अभिब्यक्ति दिएकी छिन् ।

एक नायिकाले मकालु खबरसँग नाम उल्लेख नगर्ने शर्तमा भनिन्, ‘वर्षाले कुन प्रसंगमा यस्तो अभिब्यक्ति दिइन् थाहा भएन, तर भिडियोमा बोलेको कुरा सुन्दा उनमा राष्ट्रियता भन्ने रहेनछ भन्ने प्रष्ट भएको छ ।’ त्यसो त उनले केहि दिन अगाडी मनिषा कोइरालाको पक्षमा समर्थन गर्दै उनले ‘पसिना बेच्न सकिन्छ आमा हैन’ भन्दै राष्ट्रियताका पक्षमा दिएको अभिब्यक्ति फिका भएको छ ।

नेपाल सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी भूमी सहितको नेपाली राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपाल भारत सिमा चर्किँदो छ ।

नेपाली भूमी रक्षार्थ सम्पूर्ण राजनीतिक दल, सिमा विद, नागरिक समाज तथा कलाकर्मी एकजुट हुँदा वर्षाले दिएको अभिब्यक्तिले उनलाई नेपाली कलाकर्मीसँग मात्र हैन नेपाली जनता माझ नै अलोकप्रिय बनाइदिएको छ ।

https://www.facebook.com/makalukhabar/videos/591550958123112/?v=591550958123112

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *