मन्त्रिपरिषद्को बैठक आज, आगामी वर्षको बजेटबारे छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालका अनुसार आगामी आर्थिक वर्षको बजेटलगायतको विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। उनले बैठकमा बजेटलगायत समसामयिक विषयमा छलफल हुने बताइन्।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने तयारी गरिरहेको छ। आजको मन्त्रिपरिषद्को बैठक सोही विषयमा केन्द्रित हुने बताइएको छ। कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा भइरहेको प्रयास र थप रणनीतिका बारेमा पनि छलफल हुने छ।

विदेशमा रहेका नेपालीहरूको उद्धार गर्ने सरकारले बताए पनि अहिलेसम्म के कसरी उद्धार गर्ने, उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन। तर भारत र विदेशमा अलपत्र परेका नागरिकहरूको उद्धार गर्ने विषयमा पनि केही निर्णय हुनसक्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *