कृषि विकास बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कृषि विकास बैंकका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बैंकको गुल्मी जिल्लाको पुर्कोटदह शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार आएको पिसिआर रिपोर्टमा ३० वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको बैंकका सचिव तथा प्रवक्ता हिमलाल पौडेलले मकालु खबरलाई जानकारी दिए ।

प्रवक्ता पौडेललेका अनुसार संक्रमित युवक केही दिनअघि कोरोना संक्रमणबाट ज्यान गुमाएका तेस्रो व्यक्ति अर्थात् गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको घरमा कोठाभाडामा बस्दै आएका थिए । उनले ती मृतक शिक्षकलाई आफ्नो बाइकमा राखेर अस्पताल समेत पुर्याएको जानकारी गराए ।

उनलाई हाल गुल्मीकै एक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता पौडेलले जानकारी दिए । अहिले बैंकका अन्य कर्मचारीको पनि पिसिआर परीक्षण गरिएको छ । रिपोर्ट आउने बाँकी रहेको उनले बताए ।

जेठ १ गतेदेखि क्रिमसन अस्पतालमा उपचार गराइरहेका ती शिक्षकमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीबार बिहान ७ बजे अस्पतालले मृत घाेषणा गरेकाे थियाे । उनको उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जनामध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *