संघीय संसद्को लोगो नयाँ नक्साअनुसार परिमार्जन गर्ने निर्णय

काठमाडौं। संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ। राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले संघीय संसदको लोगो र सांसदहरुले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ। नेपालको अध्यावधिक नक्सा अनुसार संघीय संसदको लोगो परिवर्तन गर्न लागिएको हो। संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको जानकारी दिए।

संघीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउन प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २२१ अनुसार सांसदहरूको पोसाक र संघीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था छ।

सरकारले गत बुधवार नयाँ नक्सा जारी गरेको थियो। गत शुक्रवारको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्ने निर्णय गरेको लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो। उक्त प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ।

बैठकले १२ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक मुस्लिम समुदायको पर्व ईदुल फित्र परेकोले हुनाले सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *