आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भोलिका लागि सारियो

काठमाडौं। आइतबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक अब भोलि बस्ने तय भएको छ। तर समय भने तोकिएको छैन।

आइतबार बस्ने भनिएको बैठकमा आगामी आर्थिक बजेटलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची थियो। आज मन्त्रिपरिषद्को बैठक ४ बजे बालुवाटारमा बोलाइएको थियो। सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने तयारी गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *