नेपाल बंगलादेश बैँकद्धारा कोरोना कोषमा १ करोड ४५ लाख प्रदान

काठमाडौं । नेपाल बंगलादेश बैँकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा कुल १ करोड ४५ लाख हस्तान्तरण गरेको छ ।

कोषमा उक्त रकम प्रदान गर्ने निर्णय बमोजिम आज आईतबार नेपाल सरकारको उक्त कोषमा १ करोड १० लाख हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई हस्तान्तरण गरेका थिए । यसका साथै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश सरकारको कोषमा पाँच÷पाँच लाख हस्तान्तरण गरेको जानकारी गराएको छ ।

साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्यप्राप्तिको लागि समाजका हरेक वर्ग तथा सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैँकको लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *