लामखुट्टेको टोकाइबाट कोरोना सर्छ ?
मकालु खबर
२०७७ जेठ ११ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस (कोभिड १९ संक्रमण नसर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अडियो क्लिपमार्फत् प्राप्त प्रश्नको जवाफ दिने क्रममा लामखुट्टेको टोकाइबाट कोरोना संक्रमण सर्ने कुरा आजसम्म प्रमाणित नभएको बताए ।
‘लामखुट्टेको टोकाइबाट आजसम्म कोरोना संक्रमण भएको जानकारी छैन । प्रमाण छैन । त्यसैले कोरोना भाइरस लामखुट्टेले सार्न सक्छ भन्ने कुरा प्रमाणित नभएको कुरा हो’, प्रवक्ता देवकोटाले भने ।
लामखुट्टेको टोकाइबाट मलेरिया र डेंगु सर्ने भन्दै प्रवक्ता देवकाटाले झुलको प्रयोग गर्न, झ्याल तथा ढोकाहरुमा जालीको प्रयोग गर्न, घर वरिपरि सफा राख्न सुझाव दिए । गर्मी समयमा यो रोगको प्रकोप धेरै हुने उनको भनाइ छ ।
मकालु खबर
२०७७ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित