बाँकेको नरैनापुर गाउँपालिकामा राति ८ बजेदेखि निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि बाँकेको नरैनापुर गाउँपालिकामा निशेषाज्ञा जारी गरिएको छ। संक्रमण बढ्न सक्ने देखिएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको नरैनापुर गाउँपालिकामा राति ८ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यहाँ सेना परिचालन गरिनेछ ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको नरैनापुर गाउँपालिकामा अहिलेसम्म ११२ जना कोरोना संक्रमित भेटिएका छन् भने एक जनाको क्वारेन्टाइनमै कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *