नेपाली चियालाई भारतले लगायो रोक

काठमाडौं । भारतले नेपालबाट निर्यात हुने चियामा रोक लगाएको छ । भारतले कुनै पनि औपचारिक जानकारी नदिई नेपालबाट भारतमा जाने चियामा बन्देज लगाएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतीय पक्षले नेपालमा फैलिएको कोरोना भाइरसका कारण नेपाली चिया आयात गर्न नसकिने बताएका छन् । भारतीय अवरोधका कारण यो सिजनको चियाको निकासी रोकिएको छ।

दार्जलिङको स्थानीय पत्रिका जनपथका अनुसार भारतले वैशाख २८ गतेदेखि नेपालको चियाको आयातमा राक लगाएको छ ।

औपचारिक जानकारी नभएपनि भारतले चियामा अवरोधगरेको व्यवसायिहरुले बताएका छन् । मेची भन्सार कार्यालयका भन्सार प्रमुख ध्रुव विश्वकर्मा भने, ‘नेपालबाट भारतर्फ मेची नाका भएर सवारी जान पहिल्यैदेखि अवरोध थियो, व्यवसायीले विराटनगरबाट कारोबार गरेका थिए अहिले त्यो पनि रोकिएको सुनिँदै छ ।’

नेपालबाट वार्षिक ४ अर्वको चिया निर्यात हुने चिया व्यवसायिहरुले बताएका छन् । तर भारत भएर तेस्रो मुलुक निर्यात हुने चियामा भने अवरोध नभएको व्यवसायिहरुले बताएका छन् ।

चियाको अवरोध खुलाउन परराष्ट्र मन्त्रालयमार्फत उद्योग मन्त्रालयले पहल थालेको पनि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *