भरतपुर अस्पतालको आइसियुमा उपचाररत बिरामीमो मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालको आइसियुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि बनाइएको आइसियुमा ती बिरामीको मृत्यु भएको हो ।

बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रेफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिरामीमा निमोनियाको समस्या देखिएको थियो । मृत्यु भएका उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *