काठमाडौंमा फेरि थपिए ३ संक्रमित !

काठमाडौं । सुरक्षित रहेको भनिएको काठमाडौंमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं टोखा नगरपालिका ३ र ३ मा २७ र ४१ वर्षीय पुरुष र बुढानिलकण्ठ नगरपालिका ३ मा ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

आज बिहान एकैपटक ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६७५ पुगेको छ ।

No photo description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *