टोखाका कोरोना संक्रमित चलाउँथे किराना पसल

काठमाडौं । काठमाडौंमा आज पुष्टि भएका ३ जना कोरोना भाइरस (कोभिड १९) संक्रमितमध्ये एक पुरुष किराना पसले भएको खुलेको छ ।

आज बिहान थपिएका ७२ संक्रमितमध्ये काठमाडौंको टोखा नगरपालिका–६ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती व्यक्ति किराना पसले भएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले मकालु खबरलाई जानकारी दिइन् ।

उपप्रमुख डंगोलका अनुसार ती व्यक्तिमा यसअघि गरिएको आरडिटी परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाको क्वारेन्टाइनमा बस्न अनुरोध गर्दा नमानेको र उनी आफैँ होम क्वारेन्टाइनमै बस्दै आएको उनले बताइन् ।

आजै पुष्टि भएका अर्को ३ नम्बर वडाका व्यक्तिको विवरण भने हालसम्म जानकारीमा नआएको र विवरण खोजी कार्य भइरहेको उनले जानकारी दिइन् । अहिले अस्पताल लैजाने तयारी थालिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *