प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार अपराह्न साढे पाँच बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

राष्ट्रका नाममा सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईँले अपराह्न पाँच बजे मन्त्रीपरिषद् बैठक बोलाइएको र साढे पाँच बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए।

कोरोना महामारीपछि प्रधानमन्त्री ओलीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा हालै सरकारले जारी गरेको देशको नयाँ नक्सा, कोरोना भाइरस महामारीको सामना गर्न अपनाउनुपर्ने रणनीति, राहत र सावधानीबारेमा उल्लेख गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण हुनेछ। यस्तै, आजको मन्त्रिपरिषद्को बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने पनि बताईएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *