भारतद्वारा इण्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीको उद्धार

काठमाडौं । लकडाउनका कारण इण्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीको भारतले उद्धार गरेको छ ।

अध्ययनको सिलसिलामा इण्डोनेसिया पुगेकी एक विद्यार्थीको भारतले उद्धार गरेको हो । उनी चितवन रत्ननगरकी सेविका ढकाल हुन् । भारतीय नागरिकलाई उद्धार गर्न इण्डोनेसिया गएको एयर इण्डियाको १०३९ विमानले उनको उद्धार गरेको हो ।

भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा अध्ययनरत ढकाल इण्डोनेसियाको विश्वविद्यालयसँग एक कार्यक्रमअन्तर्गत अध्ययनका लागि त्यहाँ पुगेकी थिइन् । ढकालले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेकी थिइन् । नेपालले भारत सरकारलाई अनुरोध गरेपछि इण्‍डोनेसियास्थित भारतीय दूतावासले फर्किने व्यवस्था मिलाएको दूतावासकाे ट्वीटर ह्याण्डलबाट जारी भिडियाेमा उनले भनेकी छिन् ।

भिडियाेमा उनले भनेकी छिन्- ‘यस्ताे अवस्थामा पनि हामी पाेजेटिभ रहनुपर्छ । हिम्मत हार्नु हुँदैन । हिम्मत नै साथी हुन्छ । मैले हिम्मत हारिनँ र भारतीय दूतावासले पनि मलाई सहयोग गर्यो । म नेपाल र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *