सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
मकालु खबर
२०७७ जेठ १२ गते
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो। -रासस
मकालु खबर
२०७७ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित