काेराेना संक्रमित संख्या ६८२ पुग्दा ११२ जना डिस्चार्ज, ४ जनाको मृत्यु !

काठमाडाैं । सोमबारसम्म नेपालमा पिसीआरमार्फत् ५१ हजार ६४२ र आरडिटी विधिमार्फत् ९५ हजार १९२ वटा थ्रोट स्वाब नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गएको २४ घण्टामा २ हजार ९०४ पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् भने ५६७ जना आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

त्यसैगरी आज विभिन्न अस्पतालबाट २४ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या डिस्चार्ज १ सय १२ पुगेको छ । दिउँसो थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६८२ पुगेको छ ।

हालसम्म ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *