अमेरिकामा कोरोनाको मृत्युदर घट्यो, विश्वभर साढे २३ लाख मानिस निको भए

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका २३ लाख ६५ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार २३ लाख ६५ हजार ६ सय ६३ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख ४७ हजार ८ सय ७२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५५ लाख ८७ हजार ५ सय भन्दा धेरै छ ।

अमेरिकामा मृत्युदर घट्यो
अमेरिकामा कोरोना भाइरसले महामारीको रुप लिएपछिकै सबैभन्दा कमको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा अमेरिकामा ५०४ जनाको मृत्यु भएको हो ।

अघिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६१७ जनाको मृत्यु भएको थियो । अघिल्लो २४ घण्टाको तुलनामा पछिल्लो २४ घण्टामा ११३ जना कमको मृत्यु भएको छ । अमेरिकामा क्रमशः मृत्यु हुनेको संख्या कम हुँदै गएको छ । अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित देश हो ।

त्यहाँ हालसम्म १७ लाख ६ हजार १५७ जनामा संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८०४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *