सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । जिल्लाको भगवानपुर गाउँपालिका ४ का ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जना गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरोज प्रसाद गुरागाईंले मकालु खबरलाई जानकारी दिए । सिडिओ गुरागाईंका अनुसार उनीहरु केही समय अघिमात्रै भारतको विभिन्न ठाउँबाट आएका थिए ।

कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *