सुर्खेत र सिरहामा गरी थप १७ जनामा कोरोना पुष्टि

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगंगा नगरपालिकाका २ जना र सिम्ता गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा वीरेन्द्ररनगर-१ का १६ वर्षीय किशोर, वडानम्बर-२ का ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष,  वडानम्बर-३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका पुरुष छन् ।

यसैगरी भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुष कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका कोरोना सम्पर्क व्यक्ति डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ ।

यस्तै प्रदेश नम्बर २ को सिरहामा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भगवानपुर गाउँपालिका ४ का ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जना गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरोज प्रसाद गुरागाईंले मकालु खबरलाई जानकारी दिए । सिडिओ गुरागाईंका अनुसार उनीहरु केही समय अघिमात्रै भारतको विभिन्न ठाउँबाट आएका थिए ।

कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *