रुकुम पश्चिमको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौं। रुकुम पश्चिममा भएको घटनाको छानबिनको लागि गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति बनाएको छ। राष्ट्रिय सभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले उक्त घटनाको सत्य तथ्य छानबिनको लागि छानबिन समिति गठन गरिएको जानकारी दिए।

उनले गृह मन्त्रालयका सह सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको बताए। समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत वा प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत वा प्रतिनिधि र गृह मन्त्रालयका सहसचिव रहेको उनले जानकारी दिए।

समितिले घटनाको बारेमा सत्य तथ्य छानबिन गरी राय सहितको प्रतिवेदन पेस गर्ने गृहमन्त्री थापाले बताए। उनले अहिले उक्त घटनाबारे सरकारको ध्यानाकर्षण भएको बताए। उनले यस घटनामा दुःख समेत व्यक्त गरे।

गृहमन्त्री थापाले यस घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। सामाजिक र जातीय सद्भाव कायम राख्न शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाइ राख्न जिल्ला प्रशासन कार्यालय र रुकुम पश्चिमबिच समन्वयात्मक ढङ्गबाट काम भइरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *