ब्राम्हणवाद कहिलेसम्म हावी हुने यो देशमा ?

सम्माननीय सभामुख महोदय, रुकुम पश्चिमको घटनाले अमानवियताको परकाष्टा नाघेको छ । छुवाछुत मुक्त राष्ट्र घोषणा भइसके पनि, जतिसुकै नियम कानून बनेपनि किन सानो जात भएकै कारण मारिन्छन् दलितहरु ?

अन्तरजातिय विवाह वा विवाह गरेकै कारण कति दलितका छोराछोरीले ज्यान गुमाउनु पर्ने हो ? रुकुम घटनामा नवराज विकसहित ३ जनाको ज्यान गएको छ । तीन जना हराइरहेका छन् ।

याे देश अन्धकानून भएको देश हो ? ब्राम्हणवाद कहिलेसम्म हावी हुने यो देशमा ? एउटा ब्राम्हमण क्षेत्रीका छोराछोरी मर्दा पुरा देश आन्दोलित हुन्छ, तर दलितका छोराछोरी कुटेर मारिन्छन्, झुण्ड्याएर मारिन्छन् । बलात्कार गरेर मारिन्छन् । सिंगो समाज नै तैँचुप मैँचुप हुन्छ किन ?

म गृहमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु, यतिबेला गृह मन्त्रालयले नै दोषी उपर कडा कारवाही गर्नका निम्ति केन्द्रबाटै अनुसन्धान टोली पठाइसक्नुपर्ने हो । उच्चस्तरीय छानविन समिति बनाइसक्नुपर्ने हो । तर त्यसो भइरहेको देखिएको छैन ।

(प्रतिनिधि सभाकाे मंगलबारकाे बैठकमा सांसद  विमला विश्वकर्माले व्यक्त गरेकाे अभिव्यक्ति)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *