रुकुम पश्चिमको घटनाबारे नेकपा सांसद जनार्द्धन शर्माले बोल्दा संसदमा हंगामा

काठमाडौं। नेकपा सांसद जनार्दशन शर्मा रुकुम पश्चिमको घटनाबारे बोल्दा प्रतिनिधिसभामा हंगामा भएको छ। चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो-हल्ला गरेका थिए।

बैठकको सुरूमै कांग्रेस सांसदले उठेर उक्त घटनाको विरोध जनाएका थिए। प्रतिपक्षी सांसदहरू उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मा लगायतका केही सांसदलाई बोल्न समय दिएका थिए। त्यसक्रममा सांसदहरुले यस अघटनाबारे गृहमन्त्री रामबहादुर थापाको जवाफ मागेका थिए।

सांसदहरूले बोलिसकेपछि सभामुख सापकोटाले गृहमन्त्री थापालाई बोल्न समय दिए। त्यहीबीचमा रूकुम पश्चिमका सांसद शर्माले आफूले घटनाबारे बोल्न चाहेको भन्दै समय मागे। सभामुखले उनलाई समय दिए।

रुकमबाट निर्वाचति सांसद शर्माले केटा पक्ष केटीको घरमा पुगेर झडप भएको बताएपछि संसदमा विपक्षी कांग्रेसका सांसदहरुले विरोधमा उठेर होहोल्ला र नाराबाजी गरेका हुन्। उनले घटनालाई राजनीतिक दबाबका आधारमा कुनै दबाब नहुने बताएका थिए।

उनले भनेका थिए, वीरबहादुर मल्लको घरमा नवराज विकसहितको व्यक्ति पुगेपछि झडप सुरु भएको हो । घटना लगत्तै वडाअध्यक्षले प्रहरी बोलाए। दुई पक्षबीच झपड हुँदै भेरी नदीसम्म आइपुगेको थियो।’ यसो भनिरहँदा विपक्षी दलका सांसदहरुले उनको भनाइमा आपत्ति जनाए। उनीहरूबीच केहीबेर सवालजवाफ भयो।

उनले जनप्रतिनिधका हिसाबले घटनाको छानबिन गर्न सहयोग गर्न तयार बताए। हो-हल्ला भइरहँदा शर्माले आफू सम्बन्धित जिल्लाको जनप्रतिनिधि भएकाले बोल्न पाउनु पर्ने बताएका थिए। सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक सम्हालिन अनुरोध गरे। कांग्रेस सांसदहरूको हल्लाबीच शर्माले आफ्नो भनाइ टुंग्याए।

भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *