चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर खुम्चिने अनुमान

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा झर्ने अनुमान रहेको बताएका छन्।

मंगलबार संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै उनले आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अनुमान रहेको बताए। यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । कोभिड-१९ का कारण आर्थिक बृद्धि खुम्चिएको उनले जानकारी दिए।

यसपाली प्रति ब्यक्ति आय १०८५ पुगेको उनले बताए। कुल लगानी ३.४ प्रतिशतले घटेको छ। १८.७ प्रतिशत रहेको निरपेक्ष गरिवी यसपाली १६.६७ प्रतिशत रहने उनले अनुमान पनि सार्वजनिक गरेका छन्। उनले ब्यापार घाटामा सुधार भएर शोधनान्तर बचतमा रहेको बताए।

मूल्य बृद्धि दर एकल अंकमा सीमित गर्न सफल भएको बताइरहँदा उनले गत बर्षको भन्दा यसपाली महँगो बढेको पनि जानकारी दिए। सरकारी खर्च १२ प्रतिशतले बढेको उनले सुनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *