काठमाडौंमा हावाहुरीसहित भीषण वर्षा

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित भीषण वर्षा भएको छ । आज (मंगलबार) दिउँसो काठमाडौंको विभिन्न क्षेत्रमा भीषण वर्षा भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरा, तनहुँ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहितको वर्षा गराउने बादल विकसित भइरहेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेको छ ।

महाशाखाले ट्विटरमार्फत् भनेको छ, ‘हाल नेपालको पोखरा, तनहुँ, धदिङ, नुवाकोट, काठमाडौ्र उपत्यकालगायत आसपासका स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली पूर्वतिर पनि सर्दै गईरहेको देखिएको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *