सुदूरपश्चिममा बढ्दै कोरोनाको त्रास : दिनहुँ हजारौं नेपाली भित्रिदा व्यवस्थापनमा कठिनाइ, परीक्षण न्यून

धनगढी । सुदूरपश्चिममा दैनिक हजारौंको सँख्यामा नेपालीहरु नेपाल भित्रिदा जनजीवनमा प्रभाव पर्दै गइरहेको छ भने कोरोना भाइरसको जाखिम बढ्ने खतरा पनि उत्तिकै देखिएको छ ।

कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला नाकाबाट दैनिक हजारौंको सँख्यामा नागरिहरु नेपाल प्रवेश गरिरहेका छन् । जसले गर्दा कोरोनाको त्रास स्थानीयहरुमा बढीरहेको छ ।

दुई सातामा मात्रै २६ हजार नागरिक भित्रिएका छन् । २ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सबैभन्दा बढी नागरिक कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका छन् । हालसम्म गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएका छन् । मंगलबार एकैदिन यो नाकाबाट ५०१३ जना नेपाल भित्रिएको जिल्ल प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन् ।

यस्तै जिल्लाप्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी र दोधरा चादँनीबाट ५ हजार ९७० भित्रिएको जानकारी दिएको छ ।

नाकाबाट प्रवेश गर्ने सबैलाई आ आफ्नो स्थानीय तहमा पठाइएको बताइएको छ ।

यस्तै पहाडी जिल्ला दार्चलाको नाका हुँदै ७ गते ३१९जना आएका र त्यसपछि भने नआएको दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर बिष्टले बताए उनले आएका जति सबैलाई क्वारेन्टिनमा पठाइएको बताएका छन् ।

यस्तै बैतडीकाको झुलाघाट नाकाबाट पनि ३७८ जना नेपाल भित्रिएको जिल्ल प्रहरी कार्यालय बैतडीले जनाएको छ । सिमामा पुगेका जति सबैको उद्धार गरी स्थानीय तहमा पठाइएको बताइएको छ ।

एकै पटक यति ठूलोसंख्यामा नेपा भित्रिएपछि उनीहरुको स्वास्थ्य परीक्षणमा समस्या भएको छ । सबै जनाको स्वास्थ्य परीक्षण हुन सकेको छैन । जसले गर्दा रोगको जोखिम पनि बढीरहेको छ ।

परीक्षण्को लागि आरडीटी किटको अभाव पनि रहेकाले यो समस्या आएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले भने, ‘सुरुका दिनमा सीमा क्षेत्रमै आरडीटी परीक्षण गरिएको थियो, अहिले किट नहुँदा सीमामै परीक्षण भएको छैन, ‘स्थानीय तहले अनिवार्य स्वास्थ्य परीक्षण गराउने भनेपछि हामीले पठाइरहेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *