सीमामा छैन सतर्कता, सामान्य ज्वरो नापेर भित्रिए तीन सय नेपाली

विराटनगर । नेपाल-भारत सीमा नाका बन्द भएपछि अलपत्र परेका नेपालीहरुलाई सामान्य ज्वरो नापेर नेपाल भित्र्याइएको छ । मोरङको स्थानीय प्रशासन र भारतीय सुरक्षा संयन्त्रको समन्वयमा उनीहरुलाई मंगलबार बिराटनगरको नाकाबाट भित्र्याइएको हो ।

भारतका विभिन्न शहरमा कार्यरत श्रमिक, विद्यार्थी लगायतका तीन सय बढी नेपाली भारतको जोगवनीस्थित क्वारेन्टाईनमा बस्दै आईरहेका थिए । ती मध्ये केही भारततर्फ रेल र अन्य सवारीसाधन संचालनमा आएसँगै मंगलबार नै भारतको जोगबनी आएका थिए ।

रुकुम, पाँचथर, मोरङ, सुनसरी लगायतका जिल्लाका उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाईनमा पठाउने गरी नेपाल प्रवेश गराईएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । उनका अनुसार नेपाल प्रवेश गरेकाहारुलाई तत्कालका लागि विराटनगरस्थित डिएवी स्कुल लगायतका होलडिङ एरियामा राखिने नेपाली सेनाको रेखदेख साथै व्यवस्थापनमा राखिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *