अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो, विश्वभर संक्रमण र मृत्यु कति ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख ५२ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख ५२ हजार २ सय १० पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ५६ लाख ८४ हजार ८ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म २४ लाख ३० हजार ५६३ निको भएका छन् ।

अमेरिकामा मृतकको संख्या १ लाख नाघ्यो
सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ७३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५४० पुगेको छ ।एकैदिनमा १८ हजार ९५२ जनामा संक्रमण पुष्टिसँगै अमेरिकामा कुल संक्रमितको संख्या १७ लाख २५ हजार १७८ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ७८ हजार २२५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ४१३ जनामध्ये १७ हजार १५२ जनाको अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसको महामारीले २४ हजार ५४९ जनाको मृत्यु भएको छ । एकै दिन १५ हजार ६९१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ९२ हजार ३६० पुगेको छ । २ लाख ९ हजार २१८ जनाको उपचार भइरहेको छ भने १ लाख ५८ हजार ५९३ जना संक्रमण मुक्त भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ६५ हजार २२७ कुल संक्रमित भएका छन् भने ३७ हजार ४८ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३० हजार ५५५ जना कुल संक्रमित भएका छन् भने ३२ हजार ९५५ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४४ हजार ५६५ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ८२ हजार ७२२ कुल संक्रमित भएका छन् भने २८ हजार ५३० जनाको मृत्यु भएको छ । यसैबीच ६५ हजार ८७९ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ८३ हजार ३३९ कुल संक्रमित भएका छन् भने २७ हजार ११७ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् ।

बेल्जियममा ५७ हजार ४५५ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ३३४ जनाको मृत्यु भएको छ । यसैबीच १५ हजार ३२० जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *