क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा-७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा क्वारेन्टाइन व्यवस्थामा खटिएका राना एक्कासी बेहोस भएका थिए ।

रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन गरि रहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । ‘मंगलवार दिनभर क्वारेन्टाइन व्यवस्थापनमासंगै थियौं,’ नगर प्रमुख कर्ण बहादुर हमालले भने, ‘राना साँझ पख घरमा गएका थिए तर, राति व्यवस्थापनबारे जानकारी लिन क्वारेन्टाइन पुगेका उनको एक्कासी मृत्यु भयो ।’

मृतक रानामा कुनै पनि रोगको लक्षणहरु नदेखिए थिएनन् । उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने बताइएको छ । मृत्यु भएका रानाको शव परिक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको छ । मृतक रानाको शव परिक्षण पश्चात स्वावको नमूना संकलन गरी परिक्षण गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *