उमाको लगाव: फाल्नु भन्दा उपाय सोच्दै, गरिदै अफ सिजनका लागि तयार

  • ध्रुवराज खनाल 

चितवन । लकडाउनको प्रभावबाट अछुतो रहन नसकेको कृषि पेशा पनि एक हो । कृषि पेशा अन्र्तगत अहिले तरकारी खेतीको सिजन हो । उत्पादनकै हिसावमा चितवनमा प्रशस्त मात्रामा तरकारी खेती हुदै आएको पनि छ ।

यस पटक कोरोना भाईरसको संक्रमणका कारण उत्पादित तरकारीले वजार पाउन सकेको छैन् । कतिपयले न्युनतम मुल्यमा विक्री गरेका छन्, विक्री नहुँदा बारीमै फाल्नु पर्ने अवस्था पनि छ । अन्य तरकारी बारीमा सड्ने अवस्थामा पुगेपछि विगत दुई दशक भन्दा वढि समयदेखी तरकारी खेती गर्दै आउनु भएकी भरतपुर महानगरपालिका २५ अमृतनगरकी उमा सुवेदीले खेर जान लागेको तरकारी अफ सिजनमा प्रयोग गर्न मिल्ने गरि विकल्प सोचेकी छिन् ।उनले ३ विगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छिन् । त्यस मध्ये ५ कठ्ठामा करेला लगाईएको छ । करेलाले पनि वजार पाउन सकेको छैन् । कतिपय किसानले सोही तरकारीबाट कम्पोष्ट मल वनाईरहेका वेला उमा सुवेदीले भने करेला काटेर सुकाउँदै छिन् ।

अहिले बजार पाउन नसकेको करेला सुकाउन व्यस्त छन् उनी, सुकाएर वेच्नु पर्दा परिणाम थोरै भएपनि प्याकेजिङ गरेर अफ सिजनमा बेच्दा राम्रो आम्दानी हुने उनको विश्वास छ ।

बारीमै फाल्नु भन्दा यसको विकल्प खोज्न लागिएको हो सुवेदीले भनिन्– सुकाईएको करेला अफ सिजनमा उपभोग गर्न सकिने हुँदा अहिले करेला काटेर सुकाउन व्यस्त छौ । सुकाएर वेच्नु पर्दा परिणाम थोरै हुन्छ तर प्याकेजिङ गरेर अफ सिजनमा वेच्न यसबाट राम्रो आम्दानी हुने उनको विश्वास छ ।होटलहरुमा यसको प्रयोग हुने थाहा पाएपछि अफ सिजनका लागि तयारीमा जुटेको उनले वताईन् । उनले यो कुरा युटुव लगायत विभिन्न माध्यम थाहा पाएकी हुन् । भारतमा यसको माग अत्याधिक रहेको उनले सुनाईन् । १ क्वीन्टल काँचो करेला काटेर सुकाउँदा ५ किलो हुन्छ । झण्ड्रै एक हजार पाँच सय रुपैया प्रतिकिलो विक्री हुने उनको वुझाई छ ।काँचो करेलाले मुल्य पाएको भए न्युनतम प्रतिकिलो २० रुपैयामा विक्री हुन्थ्यो तर अहिले विक्री हुन सकेको छैन् । आफ्नो बारीमा लगाईएको तरकारी सुरुमा केही विक्री भएपनि अहिले भने त्यही सड्ने अवस्थामा पुग्दा उपाय सोचिएको उनले सुनाईन् । करेला काट्न र सुकाउन अहिले घरेलु सामानकै प्रयोग गरिएको छ । कामका लागि मजदुर खर्च समेत भएको छ ।

यसबाट ग्रामिण रोजगारी सृजना हुनुका साथै वजार विक्री भएकोमा समयमा तरकारी खेर जानबाट जोगाउन सकिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीनाले उमा सुवेदीले गरेको यो अभ्यास जिल्लामा नमुनाको रुपमा रहेको भन्दै सरकारले यस्ता किसानलाई सहयोग गर्नु पर्ने वताउँछन् । त्यस्ता उत्पादनको गुणस्तर कायम गर्नका लागि प्रविधि र सामाग्रीहरुमा सरकारले सहयोग गर्नु पर्छ तिमल्सीनाले भने- यसबाट ग्रामिण रोजगारी सृजना हुनुका साथै वजार विक्री भएकोमा समयमा तरकारी खेर जानबाट जोगाउन सकिन्छ ।आफुले पनि त्यस्ता किसानको प्रोत्साहनका लागि आवश्यक सामान उपलव्ध गराउन प्रयास गरिरहेको तिमल्सीनाले वताए । अमृतनगरकी किसान उमा सुवेदीले वि.सं. २०५७ सालदेखी तरकारी खेती गर्दै आएकोमा विगत तीन वर्षदेखी भने अर्गानिक उत्पादन गरिरहेकी छिन् । तीन विगाहामा अहिले उनले करेला,कागती,चिचिण्डा,काक्रो लगायतका तरकारी छन् ।उनी जस्तै वजार नपाएर धेरै किसानहरुले अहिले धमाधम बारीमै तरकारी कुहाएर कम्पोष्ट मल समेत वनाईरहेका छन् । जिल्लाको पूर्वी चितवनमा वढिमा मात्रामा तरकारी खेती हुदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *