२५ वर्षीया कलाकार प्रेक्षाद्वारा आत्महत्या, यस्ताे छ कारण

काठमाडौं । टेलिभिजन कलाकार २५ वर्षीया प्रेक्षा मेहताले आत्महत्या गरेकी छिन् । सोमबार राती मध्यप्रदेशको इन्दोरस्थित आफ्नो घरमा उनले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

क्राइम पेट्रोलमार्फत् चर्चामा आएकी प्रेक्षालाई मंगलबार बिहान उनको कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि परिवारले अस्पताल पुर्याएको थियो । तर डाक्टरले मृत घोषणा गरे ।

प्रेक्षा लकडाउन अघि मुम्बईबाट इन्दोर गएकी थिइन् र उनी पछिल्लो समय लकडाउनका कारण गुमेको कामका कारण डिप्रेशनमा भएको अनुमान गरिन्छ । प्रेक्षाले सुसाइड नोट पनि छोडेको प्रहरीले जानकारी दिएको छ ।

प्रेक्षाको इन्स्टाग्राम अकाउन्टमा अन्तिम मेसेजले उनी मानसिक रुपमा विचलित भएको देखाउँछ । ‘सबैभन्दा खराब त सपना मर्दा महसुस हुन्छ’, उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *