रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, भारतबाट फर्किएका थिए संक्रमित

काठमाडौं । रौतहटमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आज (बुधबार) भारतबाट आएका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

अधिकारी घिमिरेका अनुसार जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७, गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा २, र कटहरिया नगरपालिकामा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २८ जना र ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उनले मकालु खबरलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *