मुख्य सचेतक कार्कीद्वारा खान नपाएर बेहोस भएकी सुत्केरी महिलालाई सहयोग

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले सुत्केरीले खाना खान नपाएर बेहोस भएको भिडियो सामाजिक सञ्जालमा आएपछि आवश्यक खाद्यान्न, लताकपडा तथा नगद सहयोग गरेका छन् ।

उनले मोरङ बुढीगंगा गाउँपालिका वडा नं ४ गोकुवाकी १२ दिने सुत्केरी रेखा परियार र सोही गाउँपालिका वडा नं ३ गोकुवाकै ६ दिने सुत्केरी नमिता ऋषिदेवलाई उनीहरुकै घरमा पुगेर उक्त सामग्रीहरु हस्तान्तरण गरे । 

भिडियो सार्वजनिक भएलगतै १ नं. प्रदेशका कांग्रेस सचेतक कार्की उक्त महिलाको खोजीमा निस्केका थिए । कार्कीले उनीहरुलाई चामल, दाल, तेल, मासु, नुन, सुत्केरी आमा र बच्चालाई आवश्यक कपडा र नगद दिएको स्थानीय काँग्रेस नेता जितनारायण थापाले बताए ।

समाजमा पछि पारिएका सुकुम्वासी तथा श्रमजिवी मजदुरको पक्षमा काम गर्दा आफूलाई सधै खुशी लाग्ने कार्कीले बताएका छन् । यसअघि कार्कीले मोरङ र सुनसरीका मजदुरहरु काठमाडौंबाट पैदल हिडेरै घर गएको समाचार प्रकाशित भएपछि ती यात्रुलाई गाडीको व्यवस्था गरि सिन्धुलीबाट जिल्ला लगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *